काठमाडौं, चैत २७ (सेतोपाटी)– वैदेशिक रोजगारीबाट फर्कँदा महिलासँग पैसा मागि लुटपाट गर्ने अध्यागमन विभागका चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
सिता राई (नाम परिवर्तन) नक्कली पासपोर्टमा विदेश गएको भन्दै पैसा घुस मागेर लुट्ने विभागका अधिकृतद्वय रामप्रसाद कोइराला र टिकाराज पोखरेल, नासु सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार राईसँग घुस मागि लुटेर बलत्कार गर्ने कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अभियुक्तमध्य बस्नेत र खनाल बलत्कार काठमाडौं जिल्ला अदालतमा विचाराधीन बलत्कार र लुट्ने मुद्दामा थुनामा छन् भने कोइराला र पोखरेल फरार छन् ।
मुद्दामा अभियुक्तहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१)(क) अनुसार जनही २ लाख २५ हजार रुपैँया ४ सय ६५ रुपैँया बिगो र ६ महिनादेखि डेढ वर्षसम्म कैदको माग गरिएको छ ।
फोटो: नेपाली टाईम्स