काठमाडौंको टिचिङ अस्पताल पछाडि खाडी पाखाको सुकुम्बासी बस्तीमा शुक्रबार बिहान ढिस्को खस्दा एक जनाको ज्यान गएको छ ।
ढिस्को खसी ज्यान गुमाउनेमा सप्तरीका १५ वर्षिय राम बखत राम हुन् । उनको टिचिङ अस्पतालमा उपाचारको क्रममा मृत्यु भएको हो ।
विगत केहि दिनदेखि परेको भारी वर्षाको कारण ढिस्को खसेर घर बगाएको थियो । पुरिएका मध्ये अन्य दुई गम्भीर घाइते शिवानन्द राम देवलाल मण्डलको उपचार भइरहेको छ ।
घटनामा कति जना परेको हो अझै यकिन नभएको घटनास्थलमा पुगेका स्थानिय विष्णु कार्कीले बताए । उनका अनुसार घटनाबाट ४ घरमा क्षती पुगेको छ ।
प्रहरी र स्थानीयबासीले पुरीएकाहरुको उद्दार गरिरहेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।