कलाकार हरिवंश आचार्यद्वारा लिखित 'चिना हराएको मान्छे' नामक पुस्तक अहिलेसम्म ३० हजार प्रति बिक्री भएको छ। सो पुस्तकको लोकप्रियता र बिक्री बढ्दै गएपछि दस हजारप्रति दोस्रो संस्करणका रुपमा छिट्टै बजारमा ल्याउन लागिएको छ।
पुस्तकमा आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अरु धेरै विषयलाई समावेश गरिएको छ।
कलाकार आचार्यले सो पुस्तकबाट पाठकको राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै त्यसको बिक्रीबाट प्राप्त रकममध्ये रु पाँच लाख धुलिखेलस्थित मीरा आचार्य अनाथालयलाई प्रदान गरिएको बताए । रासस
यो पनि हेर्नुहोस