निर्वाचन आयोगमा आगामी संविधानसभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिन तोकेको समयावधि आज सकिएको छ । आन्दोलनमा रहेका नेकपा–माओवादीलगायतका ३३ दलले भने दल दर्ताका लागि निवेदन दिएनन्।
आज साँझ ५ बजेसम्ममा कुल १४० दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका र निवेदनमा संलग्न कागजात अध्ययन भइरहेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता वीरबहादुर राईले आज साँझसम्म कुल १११ दलका निवेदनलाई अनुमोदन गरिएको र बाँकीका हकमा अध्ययन भइरहेको जानकारी दिए ।अध्ययनको कार्य सकिए भोलि नै दल दर्ताको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
दल दर्ताका लागि गत वैशाख १५ गतेदेखि यही जेठ १५ गतेसम्मको अवधि तोकिएको भए पनि अन्तिम दिन गणतन्त्र दिवस (बिदा) आजसम्मका लागि समय दिइएको थियो। रासस