राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मीले टुसाल विरुद्ध आधा दर्जन गोल बर्साएको छ ।
दशरथ रंगशालामा विहिबार भएको पहिलो खेलमा आर्मीले टुसाल युथ क्लवलाई ६–० ले हराएको हो । आर्मीका लागि नरेश मेचेको ह्याट्रिकका साथै काशीराज कार्की, टेक बहादुर बुढाथोकी र टंक कार्कीले एक–एक गोल गरेका थिए ।
यसअघि पहिलो खेलमा आर्मीले संकटालाई २-० गोल अन्तरमा हराएको थियो । यस्तै लगातार दोस्रो हार पछि बी डिभिजनको उपविजेता टुसालले २ खेलबाट १८ गोल खादै लगभग प्रतियोगिताबाट बाहिरीएको छ । पहिलो खेलमा टुसालले मनाङसँग १ दर्जन गोल खाएको थियो ।
जीतसँगै आर्मी क्वाटरफाईनल नजिक पुगेको छ ।