नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले खिलराज रेग्मीले प्रधानन्याधीशबाट राजीनामा दिनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपालले विहीबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बरिष्ट नेता नेपालले संविधानसभाको निर्वाचन सुनिश्चितता र असन्तुष्ट पक्षलाई समेट्नको लागि मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिदाँ केही फरक नपर्ने बताएका हुन्।
असन्तुष्ट पक्षलाई सहमतीमा ल्याउनका लागि हदै सम्मको लचकता अपनाउनुपर्ने भन्दै नेता नेपालले रेग्मीलाई पदको लोभ लागेजस्तो छ। 'दुबै पदबाट हटाउँछन् की भनेर कुनै शंका गर्नु नपर्ने भन्दै उनले यदि रेग्मीको आफ्नै कमजोरी भएमात्र हो, नत्र कसैले उनलाई हटाउन सक्दैन भनेका छन्।
यसैबीच एनेकपा माओवादीलाई संविधानसभा निर्वाचन भाड्ने षड्यन्त्रमा लागेको आरोप लगाउदै विभिन्न विवादित मुद्धा उठाएर माओवादीले नै चुनाव भाड्ने षडयन्त्र गरेको बताए।
अहिलेको समयमा संविधानसभा चुनावको विकल्प नभएको भन्दै आगामी मंसिर ५ भित्र नै चुनाव गराउनुपर्ने बताए।