चुनावी सरकार भएपनि राजनीतिक नियुक्तिलाई निरन्तरता दिएको रेग्मी सरकारले खानेपानी संस्थानको महाप्रबन्धकमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । यसैगरि विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकमा जीवनप्रसाद रिजाललाई नियुक्ति गरेको छ ।
त्यस्तै आज बसेको बैठकले दशैं र तिहारमा चिनी अभाव हुन नदिन १ प्रतिशत भन्सारमा साल्ट ट्रेडिङलाई ३० हजार मेटि्रक टन चिनी आयातको अनुमति दिएको सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रबक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।