विभिन्न क्षेत्रको बौद्धिक व्यक्तित्वले अब मुलुकले सबै दलको सहमतिमा मात्र निकाश पाउने भएकाले राष्ट्रिय राजनीतिक सहमतिको निर्माण गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल वौद्धिक मञ्चले राजधानीको संवाद डबलीमा आयोजना गरेको 'वर्तमान राजीतिक अवस्था र निकास' विषयक अन्तरर्त्रि्कया कार्यक्रममा उक्त धारणा राखेका हुन।
अहिलेको निर्दलिय सरकार भन्दा बढि दलका नेता बढि निर्दलिय भएको प्रा. डा. सुरेन्द्र केसीले बताए।
उनले खिलराजको राजीनामा माग्नु भनेको मंसिरमा चुनाव नगर्नु भएको बताए। उनले ३३ दललाई बाहिर राखेर अगाडि गर्ने सहमतिले निकास नदिने र देश अर्को दुर्घटनामा पार्ने दाबी गरे।
रबि भवनमा भारतीय कांग्रेस पार्टीको झण्डा फराइरहेको भन्दै केसीले भारत रबि भवनसम्म आइपुगेको दाबी गरे। 'चार दलका नेताहरुको मनपरीले गर्दा नै देश यो ठाउ“मा पुगको भन्दै सबै दलको सहमतिमा नया“ सहमति गर्नुर्ने बताए।
बौद्धिक मञ्चका अध्यक्ष तथा बुद्धिजीवी डा.केबी रोकायाले सबै दललाई सहमतिमा नलिएर चार दलले जंगली प्रकारले देशलाई चलाउने प्रयास गरेको दाबी गरे।
सबै पक्ष सम्मिलित राजीतिक गोलमेच सम्मेलन गरेर अगाडि बढ्नु नै राजनीतिक हुने धारणा राखेका थिए।
राजनीतिशास्त्री तथा प्रा.डा. गोपाल सिवाकोटी, प्रा.डा. बाबुराम सिंह थापा लगायतले कुनै अमुख नेताका कारण नभएर सबै राजनीतिक पार्टीहरु एक ठाउ“मा बसेर राष्ट्रिय सहमति नै अहिलेको राजनीतिक भएको बताउका थिए उनिहरुले चार राजनीतिक पार्टीका नेताले मात्र सहमति गर्दैमा देशले निकास नपाउने कार्यक्रममा दबी गरे।