आगामी साता वितरण गर्न लागिएको स्पोर्टस अवार्ड २०७३ का लागि चार विधामा मनोयनन आइतबार सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै स्पोर्टस अवार्ड अन्तर्गत वर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।
खेलाडी र प्रशिक्षकको वर्षभरीको प्रदर्शन र प्राप्त उपलब्धीको आधारमा मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयन गरेको हो।
एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डसहित आठ विधामा दिइने अवार्डमध्ये लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथलिट अवार्डको घोषणा भने भदौ २६ गते हुने कार्यक्रमकै दिन घोषणा गरिने बताइएको छ।
स्पोर्टस अवार्ड २०७३ को मनोनयनपिपुल्स च्वाइस अवार्ड
- दीपेन्द्रसिंह ऐरी, क्रिकेट
- कान्छिमाया कोजु, एथलेटिक्स
- सुजल श्रेष्ठ, फुटबल
- गौरिका सिंह, पौडी
- फुपु ल्हामु खत्री, जुडो
वर्षको उत्कृष्ट खेलाडी महिला१. कान्छिमाया कोजु, एथलेटिक्स
२. ज्ञानु अवाले, आर्चरी
३. सावित्रा भण्डारी, फुटबल
४. नङसल तामाङ,ब्याडमिन्टन
५. सरस्वती भट्टराई, एथलेटिक्स
बर्षका उत्कृष्ट खेलाडी, पुरुष१. किरण चेम्जोङ, फुटबल
२. रत्न जित तामाङ, ब्याडमिन्टन
३. शरद भेषावकर, क्रिकेट
४. सोमबहादुर कुमार , एथलेटिक्स
५. मानबहादुर श्रेष्ठ, भलिबल
बर्षका उत्कृष्ट खेलाडी, युवा१. दीपेन्द्रसिंह ऐरी, क्रिकेट
२. अनन्त तामाङ, फुटबल
३. मनिता श्रेष्ठ प्रधान, जुडो
४. कमला श्रेष्ठ, भारोत्तोलन
५. प्रतिभा माली, भलिबल
वर्षका उत्कृष्ट,प्रशिक्षक१.ग्यातुको कोजी, फुटबल
२. मेघराज केसी, फुटबल
३. पुष्पराज ओझा, एथलेटिक्स
४.जगत टमाटा, क्रिकेट
५. किरण थापा, ब्याडमिन्टन