अमेरिकाको वासिङटन राज्यको राजधानी सियाटलस्थित केन्टमा नेपाली प्रशिक्षकले तेक्वान्दो एकेडेमी सञ्चालनमा ल्याएका छन्।
प्रशिक्षक पदम थापाले एभरेस्ट युनाइटेड तेक्वान्दो एकेडेमी सञ्चालनमा ल्याएका हुन्। एकेडेमीमा थापासँगै अर्का प्रशिक्षक प्रेम तामाङले पनि प्रशिक्षण गराउनेछन्।
अमेरिकाको सबैभन्दा उत्तरी क्षेत्रमा रहेको वासिङटन राज्यको सियाटलमा नेपालीले स्थापना गरेको यो पहिलो तेक्वान्दो एकेडेमी हो।
एकेडेमीमा ४ देखि ६ वर्षसम्मका लागि टिनी टाइगर प्रोग्राम, ७ देखि १२ वर्षसम्मका लागि युथ प्रोग्राम, १३ वर्ष माथिका लागि टिन्ज/एडल्ट प्रोग्राम र स्पारिङ कम्पिटिसन प्रोग्राम गरी चार श्रेणीका कक्षाहरू सञ्चालन हुने थापाले सेतोपाटीलाई बताए।
प्रशिक्षक थापा तेस्रो डिग्री ब्ल्याकबेल्ट होल्डर हुन्। यस्तै अर्का प्रशिक्षक प्रेम तामाङले पहिलो डिग्री ब्ल्याकबेल्ट लिएका छन्।
पूर्व नेपाली सेना समेत रहेका थापाले स्थानीय समुदायका बालबालिका तथा वयस्कलाई ओलम्पिक खेल तेक्वान्दोमार्फत् उत्कृष्ट बनाउन सेवा दिने बताए।
उनले विशेष गरी अपरान्हको समयदेखि कक्षा सञ्चालन गर्ने पनि बताए। कक्षा लिन चहानेले एकेडेमीको वेभ पोर्टल वा केन्टमा रहेको कार्यालयमा सम्पर्क गर्न सकिने उनले बताए।