तुर्केमिनिस्तानले टोकियो ओलम्पिक २०२० मा पहिलो पदक जित्दै इतिहास बनाएको थियो।
२१ वर्षीय भारोत्तोलन खेलाडी पोलिना गुर्येभाले महिला ५९ केजी तौल समूहमा रजत जित्दै देशका लागि पहिलो ओलम्पिक पदक जित्ने इतिहास बनाएकी थिइन्।
सेन्ट्रल एसियन देश तुर्केमिनिस्तानले सन् १९९१ मा सोभियत युनियनबाट स्वतन्त्र भएपछि हात पारेको यो पहिलो र एक मात्र पदक हो।
देशका लागि पहिलो पदक जितेपछि राष्ट्रपति गुर्बानगुली बेर्दीमुखामेदौभले पदक विजेता खेलाडी पोलिनालाई पुरस्कार दिएका छन्।
गत शनिबार आयोजित एक कार्यक्रममका खेलकुदका पारखी राष्ट्रपति गुर्बानगुलीले पदक विजेता पोलिनालालाई एक अपार्टमेन्ट, एक बिलासी कार र ५० हजार अमेरिकी डलर (झण्डै ६० लाख रुपैयाँ) पुरस्कार दिएका छन्।
उपप्रधानमन्त्रीमा बढुवा भएका बेर्दीमुखामेदौभका छोरा सेर्दारले भारोत्तोलन खेलाडी पोलिनालाई एक कार्यक्रममा पुरस्कार हस्तान्तरण गरेका थिए।
कार्यक्रममा राष्ट्रपतिको सन्देश पढेर सुनाइएको थियो। जुन सन्देशमा उनले देशको प्रतिष्ठा बढाएको भन्दै खुसी व्यक्त गरेका थिए।