नक्साल बक्सिङ क्लबकी सुष्मा तामाङ आइवा युथ विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छिन्।
सातदोबाटोस्थित बक्सिङ हलमा भएको ४८ केजी तौल समूहको प्रतिस्पर्धाको फाइनलमा सुष्माले आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पार्दै विश्व बक्सिङमा आफ्नो स्थान सुरक्षित गरिन्।
६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाइनलमा प्रवेश गरेकी छन्। उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० ले हराइन्।
शेर्पाले बुधबार हुने फाइनलमा आरडीएस क्लबकी सुमिना खड्कासँग प्रतिस्पर्धा गर्नेछिन्। खड्का बाइ पाएर फाइनल प्रवेश गरेकी थिइन्।
आइवा युथ विश्व बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ सम्म हुनेछ।
प्रतियोगिताका लागि नेपाल बक्सिङ संघले दुई महिला खेलाडीलाई पठाउने निर्णय गर्दै छनोट प्रतियोगिता आयोजना गरेको हो।