लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७–१ ले पराजित गरे।
‘बेस्ट अफ १३’ को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८–७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिदै फाइनल यात्रा पक्का गरेका हुन्।
बाँकी फ्रेम सोमले १०८–३२, ७१–२२, ५४–४९, ७९–५३, ६५–४१, ८९–२० र १२१–० ले आफ्नो पक्षमा पारे।
बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल शनिबार हुने छ।
फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ विरुद्ध खेल्ने छन्।
बुधबार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७–६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।