टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा गर्ने मनस्थितिमा पुगेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेधकारी रहेको भनी राजनीतिक वृत्तमा आलोचनापछि राजीनामा आउन लागेको नाम नवताउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
उनको महिलाबारेको उक्त टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय टाउको दुखाइ बनेको थियो। महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उनको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ।
८३ वर्षीय मोरीले शुक्रबार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने स्रोत नखुलाउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन्।
उनको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ।
जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाव परेको बताइएको छ।
“जब तपाईं महिला कार्यकारी सदस्यहरूको सङ्ख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाईलाई निश्कर्षमा पुर्याउन कठिनाई हुने र यो अप्रिय हुने गर्छ,” उनले भनेका थिए।
उनले लैङ्गिक विभेध सिजएना गर्ने अभिव्यक्तिका लागि माफी मागेपनि महिलासँग आँफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो।