नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन्।
गर्ल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरे।
सिंगल्समा भने अभिलाषा दोश्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्। फाइनलमा रसियाकी एरिनाले अभिलाषालाई हराइन्।
पाकिस्तानमा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोश्रो भए। फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसंग पछि परे।
नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पकिस्तान, ग्रेट ब्रिटेन, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य विष्टले जानकारी गराए। सर्किट– २ सोमबारदेखि सुरु हुने छ।