फ्रेञ्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलको उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोविच र विश्व नम्बर दुई राफायल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ।
सर्वियन टेनिस स्टार जोकोविचले ग्रिसका पाँचौ वरीयताका स्टेफानोस सितसिपासलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्।
पाँच सेट चलेको खेलमा जोकोविचले पहिलो दुई सेट जितेका थिए। तर त्यसपछिका दुई सेटमा भने स्टेफानोस लयम देखिए।
जोकोविचले पहिलो दुई सेट ६-३ र ६-२ ले आफ्नो पक्षमा परे। त्यसपछि स्टेफानोसले ७-५ र ६-५ ले लगातार दुई सेट जितेर खेललाई २-२ को बराबरीमा ल्याए।
निर्णायक पाँचौ सेटमा जोकोविचले ६-१ को जित निकालेर फाइनलमा स्थान बनाए।
यता स्पेनका नाडालले अर्जेन्टिनाका डिएगो स्वाट्र्जम्यानलाई ६-३, ६-३ र ७-६ (७-०) ले हराएर उपाधि नजिक पुगे।
उपाधि भिडन्त आइतबार हुनेछ।
यता महिला एकलको उपाधिका लागि पोल्यान्डकी इगा स्विटेक र रसियाकी सोफिया केनिनबीच प्रतिस्पर्धा हुँदैछ।