कोरोना भाइरसबाट संक्रमित नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीको स्वस्थ अवस्था बुझ्न नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका छन्।
सामाजिक दुरी राख्दै उनीहरूले केसीको अवस्था जानकारी लिएका थिए।
७२ वर्षे केसीले संक्रमण भएपनि आफुलाई कोरोनाको कुनै लक्षण भने नदेखेको बताएका छन्।
केसी काठमाडौ महानगरपालिका १४, कंलकी रानागाँउ घर भएका केसी परिवारका साथ बस्दै आएका छन्।
केसी र उनको परिवारको आइतबार पिसिआर परिक्षणण हुने बताइएको छ। गत साता केसीलाई कोरोना संक्रमण देखिएको थियो।
खेलाडी संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको थियो।
केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए।