उपत्यकामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी गोदावरी नगरपालिकामा स्थापना गरिएको ‘फुड बैंक’ मा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सहयोग गरेको छ।
गोदावरी नगरपालिकाको समन्वय तथा स्थानीय युवाहरुको सक्रियतामा 'हुनेले दिउँ नहुनेले लियर जाउँ' अभियानअन्तर्गत फुड बैंक स्थापना गरिएको थियो।
जसमा खेलाडी संघले २ सय जना व्यक्तिलाई राहत दिएको छ।
प्रत्येकलाई दुई किलो चामल, एक किलो दाल, नुन, मस्यौरा, तेल, साबुन लगाएत सामग्री वितरण गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए।
लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पुर्याउन अहिले देशका विभिन्न स्थानमा ‘फुड बैंक’ स्थापना गरिएका छन्।