प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्ज प्रतियोगिताअन्तर्गत तेक्वान्दोको पुम्से विधामा नेपालका मधुसूदन सापकोटाले स्वर्ण पदक जितेका छन्।
भर्चुअल प्रतिस्पर्धामा सापकोटाले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण जितेका हुन्।
तेक्वान्दोको पुम्से स्पर्धामा नेपालकी प्रगती कुइँकेल र आयुश बोहराले रजत पदक प्राप्त गरे भने भिजन तामाङ र प्रविण श्रेष्ठले कास्य पदक प्राप्त गरेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जानकारी दिए।
प्रगतीले १३–१४ वर्ष उमेर समूह र आयुशले १५–१७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए। यस्तै भिजनले १०–१२ वर्ष उमेर समूह र प्रविणले यु–१९ तर्फ विपक्षीसँग भिडेका थिए।
उक्त प्रतियोगितामा नेपालबाट आठ खेलाडी सहभागी छन्।
नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको खड्काले बताए। उक्त प्रतियोगितामा १२ देशका ३७५ खेलाडी सहभागी छन्।