आइसकेयु इन्टरनेशनल अनलाइ कराते काता च्याम्पियनसिप २०२० मा नेपाल तेश्रो स्थानमा खुम्चेको छ।
नेपाल ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित तेश्रो स्थानमा खुम्चिएको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए।
११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो भयो भने १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ ईरान दोश्रो भयो।
इरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ कास्य जोड्न सफल भयो।
अन्तिम दिन भेट्रान्स महिला विधामा राखेपकी प्रशिक्षक एवं खेलाडी कुन्ति गुरुङ्ग जीमीले नेपालका लागि थप एक स्वर्ण जोडिन्।
यस्तै सिनियर क्याटेगोरीमा पुरुष तर्फ नेपालका लागि सोनिम मानन्धरले र महिला तर्फ निता आचार्यले रजत जोडे। यसैगरि सिनियर पुरुष तर्फ बब्लु रैनले कास्य जिते।