सय मिटर दौडका विश्व च्याम्पियन क्रिस्टियन कोलम्यान निलम्बनमा परेका छन्।
उनलाई प्रतिबन्धित औषधी सेवन गरेको अभियोगमा निलम्बन गरिएको हो। निलम्बनसँगै कोलम्यानमाथि २ वर्षको प्रतिबन्ध लाग्ने खतरा बढेको छ। जसका कारण उनले आगामी वर्ष हुने टोकियो ओलम्पिक गुमाउन सक्नेछन्।
अमेरिकाका स्प्रिन्टर कोलम्यानलाई विश्व एथ्लेटिक्स एन्टी डोपिङ आर्मले अनुसन्धान गर्नका लागि अस्थायी रुपमा निलम्बन गरेको जनाएको छ।
गत वर्ष दोहामा भएको विश्व च्याम्पियनसिपमा उनले १ मिटर दौडमा स्वर्ण जितेका थिए। उनले ९.७६ सेकेन्डमा दौड पूरा गरेका थिए।
२४ वर्षीय कोलम्यानले अब आधिकारिक प्रतियोगितामा भाग लिन पाउनेछैनन्।