स्विस टेनिस स्टार रोजर फेडेरर विश्वका सर्वाधिक कमाउने खेलाडी बनेका छन्।
फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको सूचीअनुसार फेडेररले फुटबलरद्वय क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीलाई पछि पारेका हुन्। रोनाल्डो दोस्रो र मेसी तेस्रो स्थानमा छन्।
अर्का फुटबलर नेइमबार चौथो स्थानमा छन्। पाँचौ स्थानमा अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्स छन्।
महिलातर्फ जापानकी टेनिस खेलाडी नाओमी ओसाका छिन्। समग्र खेलाडीको २९औं नम्बरमा रहेकी ओसाकाको कमाइ ३७ .४ मिलियन अमेरिकी डलर रहेको छ।
महिलाको दोस्रो र समग्र खेलाडीको ३३ नम्बरमा अमेरिकी टेनिस खेलाडी सेरेना विलियन्सको कमाइ ३६ मिलियन अमेरिकी डलर रहेको छ।
भारतीय क्रिकेट टिमका कप्तान शीर्ष सयमा परेका छन्। ६६औं नम्बरमा रहेका कोहलीको बार्षिक आम्दानी २६ मिलियन अमेरिकी डलर रहेको छ।
शीर्ष पाँचको वार्षिक आम्दानी
१. रोजर फेडेरर (टेनिस) - १०६.३ मिलियन अमेरिकी डलर
तलब तथा पुरस्कार रकमबाफत ६.३ मिलियन डलर तथा प्रायोजनबाट १०० मिलियन डलर
२. क्रिस्टियानो रोनाल्डो (फुटबल) - १०५ मिलियन अमेरिकी डलर
तलब र पुरस्कारबाट ६० मिलियन र प्रायोजनबाट ४५ मिलियन डलर
३. लिओनल मेसी (फुटबल) - १०४ मिलियन अमेरिकी डलर
तलब र पुरस्कारबाट ७२ मिलियन र प्रायोजनबाट ३२ मिलियन
४. नेइमार (फुटबल) - ९५.५ मिलियन अकेरिकी डलर
तलब र पुरस्कारबाट ७०.५ मिलियन र प्रायोजनबाट २५ मिलियन डलर
५. लिब्रोन जेम्स (बास्केटबल) - ८८.२ मिलियन अमेरिकी डलर
तलब र पुरस्कारबाट २८.२ मिलियन डलर र प्रायोजनबाट ६० मिलियन डलर