टोकियो ओलम्पिक गेम्स सन् २०२१ को जुलाई अन्तिम सातादेखि सुरु हुने भएको छ। कोरोनाभाइरसका कारण एक वर्ष स्थगित गरिएको ओलम्पिक जापानको टोकियोमा २३ जुलाई २०२१ देखि ८ अगस्टमा हुने भएको हो।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कार्यकारी बोर्डको बैठकले २०२० को २४ अगस्टदेखि सुरु हुने ओलम्पिक खेलको मिति एक वर्षपछिका लागि गर्ने निर्णय गरेको हो।
२०२१ मा हुने भए पनि ओलम्पिकलाई टोकियो २०२० नै भनेर नामकारण गरिनेछ।
यसअघि संसारभरि फैलिएको कोरोना भाइरस संक्रमणका कारण गत साता सन् २०२० को ओलम्पिक खेल एक वर्ष स्थगन गरिएको थियो।
बेलायतको ब्रिटिस ओलम्पिक एसोसिएसनका अध्यक्षले जापानको टोकियोमा हुने ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने जानकारी दिएपछि स्थगन घोषणा गरिएको थियो।
अस्ट्रेलिया र क्यानडाले पनि जापान ओलम्पिकमा भाग नलिने बताएका थिए।
ओलम्पिक कमिटीलाई स्थगित गर्न निर्णय गर्न चार साता लागेको थियो।