अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक २०२० स्थगित गर्ने वा तोकिएको मितिमा आयोजना गर्ने विषयमा चार सातापछि निर्णय हुने भएको छ।
आइओएसीको कार्यकारी समितिको आइतबार बसेको बैठकपछि यस्तो निर्णय गरिएको हो।
संसारभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणको कारण ओलम्पिक छनोटमा असर गरेपछि संसारभरबाट ओलम्पिक स्थगित गर्ने दबाब बढिरहेको छ।
आगामी २५ जुलाईदेखि जापानको टोकियोमा ओलम्पिक हुने तय छ। ओलम्पिक आउन चार महिना बाँकी रहे पनि ओलम्पिक छनोटका अधिकांसका प्रतिस्पर्धा प्रभावित भएका छन्।
संसारका २ सय भन्दा बढी देशका ११ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउने ओलम्पिकलाई कोरोनाभाइरसले असर पर्ने देखिएपछि आयोजक जापानले एक महिना सार्न सकिने संकेत दिएको छ।