नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्यान्डको यू २३ ‘सी’ टिमसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। मैत्रीपूर्ण खेलका लागि बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) र इङ्ल्यान्ड फुटबल एसोसिएसनबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरेका छन्। पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा हुनेछ।
पहिलो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली आगामी मे महिनामा इङ्ल्यान्डको भ्रमणमा जानेछ। मे २५ मा हुने खेल ७ हजार दर्शक क्षमताको अल्डरसट एफसीको मैदानमा हुनेछ।
दोस्रो मैत्रीपूर्ण खेलका लागि सन् २०२१ को मे महिनामा इङ्ल्यान्डको टिम नेपाल आउने छ। नेपालमा हुने खेलको मिति भने तय भएको छैन।
नेपाल र बेलायतबीच २ सय ४ वर्षको दौत्य सम्बन्ध कायम भएको अवसरमा मैत्रीपूर्ण खेल हुन लागेको हो।