सरकारले संविधान दिवसको अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरेको छ।
गृह मन्त्रालयका अनुसार फुटबल प्रशिक्षक हरि खड्कासहित क्रिकेटर सोमपाल कामी र गौरिका सिंह लगायतले संविधान दिवसमा पुरस्कार दिइएको हो।
प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)
टिकाकुमारी पुन - भारोत्तोलन
दिपक श्रेष्ठ - कराते प्रशिक्षक
सूर्यकुमारी गुरुङ - पारा धावक
भगवती खड्का - रेस्लर
हरि खड्का - फुटबल प्रशिक्षक
जनसेवा श्री (पञ्चम श्रेणी)
अजय तामाङ - एथ्लेटिक्स (फरक क्षमता भएका खेलाडी)
अजितकुमार यादव - एथ्लेटिक्स
महिमा कोइराला - बोसिया (फरक क्षमता भएका खेलाडी)
महेश्वर महर्जन - बडिबिल्डिङ
सावित्रा भण्डारी - फुटबल
सोमपाल कामी - क्रिकेट
प्रिन्स दाहाल - ब्याडमिन्टन
सुकीर्ति पदक
गौरिका सिंह - पौडी
रेश्मा भण्डारी - भलिबल
सुजना माया लामा - बक्सिङ
पुरन राई - बक्सिङ
टंक कार्की - गल्फ
निरु थापा - फुटबल