बजेटकै कारण पुर्वाधार निर्माणको काम नरोकिने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन्। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि बजेट अभाव नहुने बताए।
आइतबार पोखरा रंगशाला निरीक्षणपछि मन्त्री विश्वकर्माले बजेटका कारणले पुर्वाधारको काम नरोकिने बताए । उनले साग नेपालको प्रतिष्ठाको विषय भएकोले स्वीकृति लिएर काम अगाडि बढाउन निर्देशन गरे। पोखरा रंगशालाभित्रको फुटबल मैदान कात्तिक १५ भित्र निर्माण पुरा हुने दावी गरिएको छ।
मन्त्री विकले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति पदाधिकारी नयाँ खेलकुद ऐन आएपछि नियुक्त हुने बताए । उनले अहिले चालु अधिवेसनबाट पारित भएको अवस्थामा ऐन अनुसार नै नियुक्त गर्ने प्रष्ट पारे । ‘चालु अधिवेशनमाबाट ऐन पारित नभए मौजुदा ऐन अनुसार जिल्ला तहमा पदाधिकारी नियुक्त गर्ने छौं’ उनले भने–‘ लामो समय रिक्त राख्दैनौं ।’