पोखरा क्रिकेट मैदानमा पेभिलियन निर्माण गरिनेछ भएको छ।
गण्डकी प्रदेश सरकारले मैदानमा आवश्यक पर्ने पेभलियन र आवश्यक भौतिक पूर्वाधान आगामी मंसिरभित्र बनाउने भएको हो। मैदानका लागि प्रदेश आगामी आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट छुट्याएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितको टोलीले बिहीबार मैदानमै पुगेर अवलोकन गरेका थिए। टोलीमा प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, प्रदेशको संसदको विकास समितिका सभापति दीपक कोइराला पनि थिए।
यस्तै पोखरा प्रिमियर लिगको आयोजक संस्था क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामासहित राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल पनि उपस्थित थिए।
अवलोकनपछि मुख्य मन्त्री गुरुङले आगामी नोभेम्बर (मंसिर) अघि मैदानमा पेभिलियन लगायतको भौतिक पूर्वाधारको काम गर्न निर्देशन दिएका थिए। उनले मैदान अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रदेश सरकारले सहयोग गर्ने पनि बताए।
गत वर्ष मैदानमा पोखरा प्रिमियर लिग आयोजना भएको थियो। त्यतिबेला आयोजकले आफ्नै खर्चमा मैदान मर्मत गरेको थियो।