पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत मंगलबार सार्वजनिक गरिएको चार वटा विधाको मनोनयनमा क्रिकेटले वर्चश्व जमाएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजना हुने अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो।
मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको विजेता घोषणा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममा गरिनेछ।
पिपल्स च्वाइस अवार्डको मनोनयन भने यसअघि नै सार्वजनिक गरिएको थियो। पिपल्स च्वाइस अवार्ड एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिनेछ।
यीबाहेक पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन खेलकुद पत्रकार अवार्डमा पनि पुरस्कार दिइनेछ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षकले पल्सर मोटरसाइकल र अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
मनोनयन
प्रशिक्षक
योगेश भट्टराई (प्याराग्लाइडिङ), हरि खड्का (फुटबल), धनीराम चौधरी (एथ्लेटिक्स), जगट टमाटा (क्रिकेट), ज्ञानेन्द्र विष्ट (भलिबल)
खेलाडी पुरुष
युकेश गुरुङ (प्याराग्लाइडिङ), पारस खड्का (क्रिकेट), इन्द्र बहादुर श्रेष्ठ (जुडो), सोमपाल कामी (क्रिकेट), शुक्रबाहदुर राई (गल्फ)
युवा खेलाडी
अजितकुमार यादव (एथलेटिक्स), प्रिन्स दाहाल (ब्याडमिन्डन), ललितनारायण राजवंशी (क्रिकेट), विजय श्रेष्ठ (कराते)
महिला खेलाडी
सावित्रा भण्डारी (फुटबल), सरस्वती चौधरी (भलिबल), सीता रानामगर (क्रिकेट), निमा गुरुङ (तेक्वान्दो), मनिता श्रेष्ठ प्रधान (जुडो)
पिपल्स च्वाइस अवार्ड
सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिन्टन), सावित्रा भण्डारी (फुटबल), रेश्मा भण्डारी (भलिबल), महेश्वर महर्जन (शारीरिक सुगठन)