जावलाखेल युथ क्लवको साधारण सभा बस्न सकेको छैन् ।
१५ महिनाअघि नै अध्यक्ष ठुलभाइ केसी नेतृत्वको कार्यकाल सकिएपनि नयाँ साधारण सभा बोलाएर नयाँ कार्यसमिति चयन गर्न सकिएको छैन् । २०७१ साल फागुन २ गते भएको साधारण सभामा केसीले अध्यक्ष जितेका थिए।
अध्यक्षसहित कार्यसमितिको कार्यकाल ३ वर्षको भएपनि अहिले ४ वर्ष ३ महिना हुदाँ पनि केसीले साधारण सभा बोलाउन सकेका छैनन्।
३ वर्ष कार्यकाल भएता पनि क्लवले विशेष कारण देखाउँदै कार्यसमितिको म्याद एक वर्ष थप गर्न सक्छ। तर कुनै कारण नै नदेखाइ एक वर्ष पदावधि क्लवले थपेको क्लवका पुर्व महासचिव महेन्द्र क्षेत्रीले बताए।
क्लवको साधारणसभा नभएपछि केसीसहितका १ सय १७ जनाले क्लव परिसरमा नै भेला बोलाएका थिए। भेलाले चाँडोभन्दा चाँडो तदर्थ समिति गठन गरेर साधारण सभा बोलाउन माग गरेको छ।
भेलाले केसी नेतृत्वको कार्यसमितिले विधान शंशोधनमा किर्ते गरेको, साधारण सभा बोलाउदै नबोलाइ माइन्युटमा सभा गरेको आरोप लगाएको छ। भेलाले क्लवको आर्थिक पारदर्शिता सार्वजनिक गर्न पनि माग गरेको क्षेत्रीले बताए।
'क्लव सुस्तायो, चलायमान हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,' क्षेत्रीले भने।