नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगितामा आज डेब्यू गर्दैछन्।
युएईमा जारी प्रतियोगता अन्तर्गत आज हुने पहिलो खेलमा लाहोर क्वालन्दर्सबाट सन्दीप लामिछानेले पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानसँग प्रतिस्पर्धा गर्दै डेब्यू गर्न लागेका हुन्।
गत बर्ष आईपीएलमा डेब्यु गरे यता विश्वका हरेकजसो फ्रेन्चाईज लिगमा खेलिसकेका सन्दीपले हालै अष्ट्रेलियामा सम्पन्न बिग ब्यास लिगको फाइनलसम्म खेलेका थिए।
उनको टिमले अहिलेसम्म तीन खेल खेलेकोमा २ खेलमा पराजित तथा एक खेलमा मात्रै जित हात पारेको छ ।
उनी अस्ट्रेलियाबाट पीएसएल लिग खेल्न यूएई गएका हुन्। पीएसएल पछि उनी आईपीएलका लागि भारत आउने छन्।