जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडले भरतपुरमा धुर्मुस सुन्तलीले बनाउन लागेको रंगशालाका लागि सहयोग गर्ने भएका छ।
सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) नियुक्त गर्दै सहयोगको घोषणा गरेको हो।
जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रूपैयाँ उपलब्ध गराउने निर्देशक रूंगटाले कार्यक्रममा घोषणा गरे।
उक्त सहयोग २ बर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने भएको छ।
राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरेका थिए।
कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रहसमेत गरेका थिए। उनले अत्याधुनिक प्रविधिबाट उत्पादित जगशक्ति गोल्ड छडको सद्भावना दूत बनेर राष्ट्र निर्माणमा जोडिन पाउँदा खुसी लागेको बताए ।