आगामी वर्ष जापानमा आयोजना हुने रग्बी विश्वकपको ट्रफी सगरमाथा आधार शिविरमा प्रदर्शनी गरिएको छ।
बिहिबार सगरमाथाको आधार शिविर कालापत्थरमा ट्रफीको प्रदर्शनी गरिएको हो। नेपाल रग्बी संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै ट्रफी सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिएको जानकारी दिएको छ।
विश्व रग्बी ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी बुधबार नेपाल आईपुगेको हो। ट्रफीलाई शुक्रबार विश्व सम्पदा सूचीमा रहेका स्थानहरु स्वयम्भुनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वारमा प्रदर्शनी गरिने नेपाल रग्बी संघले जानकारी दिएको छ।
त्यस्तै मंसिर २२ गते टुँडिखेलमा आयोजना हुने रग्बी फेस्टिभलको दौरान प्रदर्शनी गरिनेछ छ। फेस्टिभलमा स्कुल रग्बी प्रतियोगिता, महिला रग्बी सेभेन, पुरूष रग्बी प्रतियोगिता र लाइभ कन्सर्टसमेत हुने आयोजकले जनाएको छ ।
ट्रफी टुरको अन्तिम दिन मंसिर २३ गते राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वसँग फोटो खिच्ने र प्रदर्शनी गरीने कार्यकम छ ।
नेपालमा रग्बीको विश्वकप ट्रफी पहिलोपटक ल्याईएको हो।
यसअघि नेपालमा विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी ल्याईसकिएको छ ।