इन्डोनेसियामा जारी १५ औं एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा दोस्रो दिन नेपालले दोस्रो स्वर्ण पदक जितेको छ।
पहिलो दिनमा कातातर्फ गणेशबहादुर थिङले नेपाललाई पहिलो स्वर्ण पदक जिताएका थिए भने शनिबार विजय श्रेष्ठले दोस्रो स्वर्ण पदक जिताएका हुन्।
१५औं एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिप प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय रेफ्री एवम् राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनको नेतृत्वमा नेपाली खेलाडीको टोली इण्डोनेसियातर्फ गएको थियो।
इण्डोनेसियाको जाकर्तामा २१ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म प्रतियोगिता हुनेछ।
प्रतिस्पर्धामा नेपालको तर्फबाट विजयी श्रेष्ठले ५५ केजीतर्फ स्वर्ण पदक जितेको अन्तर्राट्रिय रेफ्री एवम् राष्ट्रिय खेलकुर परिषदका पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले जानकारी दिए।
त्यसैगरी दिगम्बर पन्त, अनिश लामा र पर्शुराम बास्तोलाले कास्य पदक हासिल गरेको महर्जनले बताए। एसियन प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा नेपालले कुल दुई स्वर्ण र ३ कास्य पदक हासिल गरेको छ।