विगत चार दिनदेखि नेपालमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी सोमबार वसन्तपुरमा प्रदर्शन गरिएको छ।
सर्वसाधारणले पनि हेर्न पाउने गरी आइसिसी विश्वकपको ट्रफी सोमबार दिउँसो वसन्तपुरमा प्रदर्शन गरिएको हो।
नेपालमा पनि घुमाउन ल्याइएको सो ट्रफी आइतबार राष्ट्रपति विद्या भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो। सो ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भूमा, दोस्रो दिन पर्यटकीय नगरी पोखरा र आइतबार बिहान चन्द्रागिरीमा पनि पुर्याइएको थियो।
आइसिसीले विश्व भ्रमणको क्रममा विश्वकप ट्रफीलाई नेपालमा पनि प्रदर्शन गरेको हो।
नेपालले एक दिवसीय मान्यता पाएकाले सो ट्रफीलाई नेपालमा पनि ल्याइएको हो। क्रिकेटको विश्वकप ट्रफी एक सय दिने भ्रमणको क्रममा नेपाल ल्याइएको हो। सो ट्रफीलाई अब भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, फ्रान्स, नाइजेरिया, जर्मनी हुँदै इङ्ल्याण्ड पुर्याइनेछ।
विश्वकप ट्रफी नेपालसहित २१ देशका मुख्यमुख्य सहरमा प्रदर्शन गरिने आइसिसीले जनाएको छ।
सबै तस्बिरहरू : नारायण महर्जन/ सेतोपाटी