अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई जरिवाना तिराइएको छ।
युएस ओपन टेनिसको फाइनलको क्रममा सेरेनाले अम्पायरलाई ढाँट र चोर भन्नुका साथै खेलको अरू नियमहरू तोडेकी आरोपमा जरीवाना तिर्नुपर्ने भएको हो।
खेलको नियम तोडेकी सेरेनाले १७ हजार अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ। जापानकी २० वर्षे नाओमी ओसाकासँग फाइनलमा हारेकी सेरेनाले खेल भावना विपरित क्रियाकलाप गरेको ठहर छ।
अमेरिकाको टेनिस एसोसिएसन, युएसटिएले नियम उल्लंघन गरेकोमा सेरेनालाई जरिवाना तिराएको हो।
सेरेनाले खेलपछि आफूले कोर्टमा महिला भएकै आधारमा फरक व्यवहार सहनु परेको पनि बताएकी थिइन्।