इन्डोनेसियामा जारी एसियन गेम्सको पहिलो स्वर्ण पदक चिनले जितेको छ। चीनले उसुतर्फ पेइयुआनले जितेका हुन्। यही स्पर्धामा १८ सहभागीमध्ये नेपाली खेलाडी विजय सिञ्जाली १४औं स्थानमा रहे।
यस्तै दक्षिण एसियाली महारथि भारतले पनि पहिलो पदक जितेको छ। भारतले १० मिटर एयर राइफलतर्फ मिक्स्ड टीम इभेन्टतर्फ काँस्य पदक जितेको हो।
भारतका लागि रविकुमार र अपुर्व चन्देलाले कास्य पदक जितेका हुन्। यही स्पर्धामा सहभागी नेपाली खेलाडी द्वय सुसे चौधरी र सुस्मिता नेपाल छनोट चरणबाटै बाहिरिएका थिए।
यो समाचार तयार पार्दा सम्म चीनले १ स्वर्ण १ रजत सहित २ पदक जितेर शीर्ष स्थानमा छ भने चाइनिज ताइपेइ १ स्वर्ण र एक कास्यसँगै दोस्रो स्थानमा इन्डोनेसियाले एक रजत जितेको छ भने भारतले १ कास्य जितेको छ।