नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबलकी राष्ट्रिय खेलाडी प्रतिभा माली सेञ्चुरी कमर्सियल बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्।
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
बैंकका डेपुटी सीईयो जीवन भट्टराईले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले सेन्चुरीले नेपाली खेल क्षेत्रका दुई चर्चित खेलाडीलाई ब्राण्ड एम्बेस्डर बनाएको बताए।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले खेललाई व्यवस्थित बनाउन कर्पोरेट क्षेत्रले खेलकुदमा लगानी गर्नुपर्ने धारणा राखे ।
भलिवलकी मालीले ब्राण्ड एम्बासडरको रुपमा आफूलाई नियुक्त गरेकोमा धन्यवाद दिँदै यसले आउदो पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।