विश्व नम्बर एक टेनिस खेलाडी स्पेनका राफेल नाडालले ११औं पटक फ्रेन्च ओपन जितेका छन्।
आइतबार साँझ अष्ट्रियाका डोमिनिक थिएमलाई सोझो सेटमा हराउँदै ११औं पटक उपाधि उचालेका हुन्।
कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेका थिएमलाई नाडालले ६-४, ६-३ र ६-२ को सोझो सेटमा हराएका हुन्।
थिएम सन् १९९५ पछि कुनै पनि ग्रान्डस्लामको फाइनलमा पुग्ने पहिलो अष्ट्रेलियन हुन्।
सन् २०१४ दखि हालसम्म १० पटक एक आपसमा भिडेका यी दुईमध्ये नडालले ७ पटक जितेका छन् भने थिएलले ३ पटक खेल आफ्नो पक्षमा पारेका थिए।
रोलाँ गैरामा नाडाल र थीएमको यो दोस्रो भिडन्त हो। यसअघि सन् २०१७ मा सेमिफाइनलमा भिडेका उनीहरूमध्ये नाडालले जित हात पारेका थिए।