सतासीधाम जेसीजको म्याराथन भदौ अन्तिम साता


सतासीधाम जेसीजको तेश्रो संस्करणको मिनि म्याराथन यस वर्ष भदौ ३१ गते हुने भएको छ ।

सतासीधाम जेसीजले मंगलबार एक विज्ञप्ति प्रकाशित गरि तेश्रो संस्करणको मिनि म्याराथन भदौ ३१ गते विहान ७ वजे हुने जनाएको छ । यस अघि भदौको पहिलो साता हुने भनिएको सो कार्यक्रम भारि वर्षा र वाढीका कारण स्थगित गरिएको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्स्यधेले जिल्लाको कन्काई पुलदेखि सताक्षीधाम मन्दिर परिषर सम्मको दुरिमा मिनि म्याराथम आयोजना हुदै आएको थियो । यो वर्ष पनि साविककै स्थानदेखि दुरीमा म्याराथन आयोजना हुने भएको हो ।

म्याराथनका विजेताले नगद १५ हजार पाउने आयोजक सतासीधाम जेसीजका अध्यक्ष विनोद खरेलले बताए। उपविजेता ले १० हजार र तृतिय हुनेले नगद ५ हजार सहित मेडल र प्रमाण पत्र पाउने छन्।

पर्यटकीय नगर शिवसताक्षीको सताक्षीधाम, दोमुखा र चिल्लागढ धाममा पर्यटन प्रवद्धन गर्ने उद्स्यधेले सतासीधाम जेसीजले प्रत्येक वर्ष मिनि म्याराथन आयोजना गर्दे आएको विज्ञप्तिमा उल्लेख छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.