वल्र्ड सिरिज धावक सम्मानित


तेन्जिंग हिलारी एभरेस्ट म्याराथन ले बिहिबार सन् २०१५ को एभरेस्ट म्याराथन बिजेता र सन् २०१४ र २०१६ को उप(बिजेता भिम बहादुर गुरुङलाइ एक कार्यक्रमका बीच सम्मान गर्यो ।

एभरेस्ट म्याराथनका कार्यक्रम ब्यबस्थापक शिखर पाण्डेले गुरुङलाई अभिनन्दन पत्रले सम्मान गर्दै तेन्जिंग हिलारी एभरेस्ट म्याराथनको ‘हल अफ फेम’ मा समाहित गरेको घोषणा गरे।

साथै पाण्डेले गुरुङलाई स्कटल्याण्डमा आगामी सेप्टेम्बर १७ मा आयोजना हुने ‘मिगु रन स्काईरनर वल्र्ड सिरिज २०१७ अन्तर्गतको ‘ग्लेन को स्काईलाइन रेस’ मा सहभागी हुन नगद १,००० अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरे।

गोर्खाको आरुघाट गाउँपालिका अन्तर्गत पोखरी गाउँमा सन् १९८१ मा जन्मिएका गुरुङ सन् २००९ देखि लामो दुरीको दौडमा सहभागी हुँदै आएका छन्। नेपाली सेनाका हबल्दार गुरुङले देश-बिदेशमा आयोजना भएका दर्जनौं लामो दुरीको दौडमा भाग लिईसकेका छन्।

विश्वकै प्रतिष्ठित मिगु रन स्काईरनर वल्र्ड सिरिजमा गुरुङले सन् २०१६ देखि भाग लिन थालेका हुन्। सन् २०१६ मा वल्र्ड सिरिजको तीन वटा दौडमा भाग लिएका गुरुङले दुई वटा-२९ किलोमिटर लामो यादिंङ स्काईरन (चीन) र ५२ किलोमिटर लामो ट्रोफो किमा (इटाली) –– मा स्वर्ण पदक जितेकाथिए।

त्यस्तै २०१७ मा भाग लिएको वल्र्ड सिरिजको ४ वटा दौड मध्ये गुरुङले तीन वटा –– २९ किलोमिटर लामो यादिंग स्काईरन (चिन), ५५ किलोमिटर लामो ग्राण्ड प्याराडिसो (इटाली) र ५५ किलोमिटर लामो ट्रोफो किमा (नर्वे) मा स्वर्ण पदक जितिसकेका छन्।

चौथो दौडमा भने उनी बाटो बिराएका कारण १५ औं भएका थिए। मिगु रन स्काईरनर वल्र्ड सिरिजको ‘एक्स्ट्रिम दौड’ बिधामा २०५.६ अंकका साथ उनी हाल प्रथम स्थानमा छन्। स्कटल्यान्डमा हुने अन्तिम दौडमा अन्तिम दशमा मात्रै परे पनि गुरुङ उक्त विधामा विश्व च्याम्पियन बन्नेछन्।

स्कटल्यान्डमा सेप्टेम्बर १७ मा हुने दौडमा भाग लिन उनी यहि सेप्टेम्बर १० मा त्यसतर्फ प्रस्थान गर्दैछन्।

त्यस्तै गुरुङ सम्मिलित चार–सदस्यीय नेपाली टोलीले १०० किलोमिटर लामो हङकङ अकसफाम ट्रेलवाकर्स दौड को उपाधि २०१३, २०१४ र २०१६ मा जितेको थियो।

गुरुङले नेपाल लगायत चीन, स्विजरल्याण्ड, इटाली, फ्रान्स, नर्वे, हंगकंग लगायतका देशहरु साथै उत्तरी ध्रुबमा आयोजित लामो दुरीको दौडमा भाग लिईसकेका छन्।

“बिदेशी धाबकहरुले हामीलाई धेरै सम्मान गर्छन्। केही त नेपालीले भाग लिने दौडमा हामीले केहि गरे नि जित्न सक्दैनौं भन्छन्। उनीहरुबाट यस्तो कुरा सुन्न पाउँदा गर्बको महसुस हुन्छ,” त्रिभुवन आर्मी क्लबका धाबक गुरुङले बताए।

“आफू कार्यरत संस्था, नेपाली सेना, र देशको शिर उँचो राख्न पाउँदा एक दम खुशी छु।”

गुरुङका एक श्रीमती र दुई छोरा छन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा आठ स्वर्ण र दुई रजत जितिसकेका छन्। “नेपालमा आयोजित प्रतियोगितामा दुइ दर्जन जति स्वर्ण पदक जितिसकेकोछु,” गुरुङले बताए ।

कार्यक्रममा बोल्दै पाण्डेले यस्तो उदाहरणीय धाबकलाई सम्मान गर्न पाउँदा आफू र आफ्नो संस्थाले गर्ब महसुस गरेको बताए। “भीमबहादुर गुरुङले एभरेस्ट म्याराथन जितेपछि अन्तर्राष्ट्रियस्तरमा क–के उपलब्धि हासिल गरे त्यो हामीलाई थाहा छ। एभरेस्ट म्याराथनको ‘हल अफ फेम’ मा उनलाई समाहित गराउन पाउँदा हामीलाई खुशी लागेको छ,” पाण्डेले बताए, “आशा छ हाम्रो सानो आर्थिक सहयोगले वहाँलाइ बिदेशमा हुने स्पर्धाहरुमा सहभागी हुन थोरै भएपनि सहयोग पुग्नेछ।”

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.