एशियन प्रतियोगिता खेल्न युवा बक्सर ओम फिलिपिन्सतर्फ


फिलिपिन्सको पुर्तो प्रिन्सेसा शहरमा अगस्ट १ देखि ८ तारिखसम्म सञ्चालन हुने एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन युवा बक्सर ओम परियार फिलिपिन्स उडेका छन्। एसियन बक्सिङ फेडेरेसनको वार्षिक क्यालेन्डरअनुसार आयोजना हुन लागेको च्याम्पियनसिपमा ओमले ४९ केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

नेपाली टोलीको नेतृत्व नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गर्नेछन्। यसैगरी प्रशिक्षकको भूमिका भने काजकिस्तानका बक्सिङ प्रशिक्षक मुख्तार बर्दिमतोभले निर्वाह गर्नेछन्। विगत तीन महिनादेखि विभिन्न विद्यालयमा बक्सिङ प्रशिक्षण सुरु गरेको नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा युवा बक्सरको सहभागिताले नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने विश्वास लिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.