२३ वर्षीय मुगुरुजाले आफ्नै रोल–मोडललाई विम्बल्डनमा हराइन


गार्बिन मुगुरुजाले आफ्नो ‘रोल मोडल’ अमेरिकाकी भेनस विलियम्सलाई वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको फाइनलमा पराजित गरेकी छिन्।

२३ वर्षीय स्पेनिस महिला खेलाडीको यो पहिलो विम्बल्डन उपाधि हो। मुगुरुजाले गत वर्ष फ्रेन्च ओपन जितेको २३ खेलपछि अर्को ग्रान्ड स्लाम जितेकी हुन्।

मुगुरुजालाई २०१५ को फाइनलमा भेनसकी बहिनी सेरेनाले पराजित गरेकी थिइन्। ‘यसपालि म पराजय चाहन्न थिए किनभने मलाई भिन्नता थाहा थियो। म निकै खुसी छु,’ उनले भनिन्।

३७ वर्षीय भेनसको खेल हेरेर आफू ठूलो भएको भन्दै मुगुरुजाले आफ्नो ‘रोल मोडल’ लाई हराउन पाउँदा उत्तेजित भएको बताइन्। उनले भेनसलाई ७–५ र ६–० को सोझो सेटमा हराइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.