जापानी राजदूतद्वारा २० लाख रुपैयाँ बराबरका खेलकुद सामग्री वितरण


नेपालका लागि जापानी राजदूत माससी ओगावाले २० लाख रुपैयाँ बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई हस्तान्तरण गरे।

स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले नेपाल स्की एसोसिएसनका अध्यक्ष जीवनराम श्रेष्ठलाई जापानी दूतावासमा एक कार्यक्रममा हस्तान्तरण गरे ।

खेलकुद सामग्री हस्ताणतरण समारोहमा बोल्दै राजदूत माससीले नेपालमा स्की खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताए।

नेपालमा स्की खेल सन् २००७ बाट सुरु भएको हो । स्की हिउँमा खेल्ने चिप्लेटी खेल हो । यो खेल जापानमा लोकप्रिय छ । नेपालमा हिउँ पर्दा मनाङ र मुस्ताङमा यो खेल खेल्न सकिन्छ ।

‘भोलिका लागि खेल’ भन्ने अभियानलाई सफल पार्न जापानले विश्वमा झण्डै १०० देशमा विभिन्न खेलसँग सम्बन्धी सामग्री वितरण गर्ने नीति अघि सारेको दूतावासले जानकारी दिएको छ ।

स्की अन्तरराष्ट्रिय खेल हो । विशेष गरी जापान र उत्तर अमेरिकामा यस खेलको महत्व बढ्दै गएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.