पल्सर स्पोर्टस् अवार्ड जेठ ४ गते


आगामी जेठ ४ गते यो स्पोर्टस् अवार्ड २०७४ हुने भएको छ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्डको १४औं संस्करणको मिति तय भएको हो।

गत वर्षजस्तै यो पटक पनि वर्षको उत्कृष्ट महिला तथा पुरूष खेलाडी, उत्कृष्ट प्रशिक्षक, ‘टिम अफ दी इयर’ लगायतका विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

अवार्ड कार्यक्रमको प्रमुख प्रायोजक रहेको हंशराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यो पटक १० लाख रूपैयाँ नगद र चार वटा मोटरसाइकल गरी कुल २०  लाखको प्रायोजन सम्झौता गरेको छ।

कार्यक्रम आर्मि अफिसर्स क्लब भद्रकालीमा हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.