सेरेना विलियम्सले गरिन् विवाह


पूर्व विश्व नम्बर एक टेनिस सुन्दरी सेरेना विलियम्सले विवाह गरेकी छिन्। अमेरिकी व्यवसायी एलेक्सिस ओहानियनसँग उनले बिहीबार विवाह गरेकी हुन्। अमेरिकास्थित न्यु–ओर्लेन्समा सम्पन्न विवाह समारोहमा करिब दुई सय जना निम्तालुहरूको जमघट रहेका थियो। यस विवाहको कूल खर्च करिब एक मिलियन अमेरिकी डलर रहेकोले पनि यसलाई विशेष महत्त्वले हेरिएको छ। व्यवसायी रहेका एलेक्सिस ओहायियन चर्चित वेभसाइट रेडिटका संस्थापक हुन्।

३६ वर्षीया टेनिस सुन्दरी सेरेनाले विश्व टेनिसमा २३ औँ पटक ग्रान्डस्लाम जितिसकेकी छिन्। उनी सन् २००२ देखि हालसम्म धेरै पटक विश्व टेनिस रेटिङको नम्बर १ मा नै रहन सफल छिन्। विश्व खेलकुदमा सेरना विलियम्स र उनकी सहोदर दिदी भेनस विलियम्सको जोडीले सयौँ अन्तर्राष्ट्रिय पदक जितिसकेका छन्।

सेरेना र एलेक्सिसको जोडीले पन्ध्र महिने लामो प्रेम सम्बन्धपछि विवाहको घोषण गरेका थिए। सेरेनाले दुई महिनाअघि छोरीलाई जन्म दिइसकेकी छिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.