राफायल नाडाल युएस ओपन च्याम्पियन

राफायल नाडाल युएस ओपन च्याम्पियन


विश्व नम्बर एक राफायल नाडालले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई हराउँदै युएस ओपन सिंगल्सको उपाधि जितेका छन् ।

न्युयोर्कमा भएको फाइनलमा ३१ वर्षीय नाडालले ६–३, ६–३,६–४ को सोझो सेटमा एन्डरसनलाई हराउँदै तेस्रो पल्ट युएस ओपनको च्याम्पियन बनेका हुन्।

यसै वर्ष मात्रै फ्रेन्च ओपनको उपाधिसमेत जितेका उनको यो १६ औं ग्रान्डस्लाम उपाधि हो ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.