बाढी पीडितलाई योङमुदोको सहयोग


नेपाल योङमुदो संघले देशको विभिन्न भागमा गएको बाढीबाट पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संघले आयोजना गरेको प्रथम राष्ट्रिय योङमुदो प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा संघका अध्यक्ष मोहनकुमार कार्की र वरिष्ठ उपाध्यक्ष जनार्जन ढुंगोलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलाई ५० हजार रुपैयाँ बराबरको चेक मंगलबार हस्तान्तरण गरे ।

सोही अवसरमा साताव्यापी प्रशिक्षणमा सहभागी ५९ जनालाई प्रमाण पत्र पनि वितरण गरियो । कोरियाली योङमुदो संघका महासचिव क्वान मिन छु, अन्तर्राष्ट्रिय योङमुदो महासंघका जेनरल डाइरेक्टर क्वान सियोङबे र अन्तर्राष्ट्रिय योङमुदो महासंघका कम्पिटिसन प्रमुख क्वान तेइ यङले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

त्यसै अवसरमा संघका अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष जनार्जन ढुंगेल र महासचिव अच्युत्तम लामिछानेलाई मानार्थ डानको प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.