प्रथम कीर्तिपुर ब्याडमिन्टन कप सुरु

प्रथम कीर्तिपुर ब्याडमिन्टन कप सुरु




कीर्तिपुर ब्याडमिन्टन क्लबको आयोजनामा प्रथम कीर्तिपुर ब्याडमिन्टन कप–२०७४ आजदेखि सुरु भएको छ ।

कीर्तिपुर ब्याडमिन्टन क्लबको खेल मैदानमा सुरु भएको खेलमा काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङका ६४ टोलीको सहभागिता रहेको छ । खेलको उद्घाटन गर्दे कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले क्लबले विभिन्न जिल्लाका खेलाडीलाई जम्मा गरेर राष्ट्रिय स्तरको प्रतियोगिता गरेको भन्दै आयोजक क्लबलाई धन्यवाद दिए।

उनले खेलकुदले व्यक्तिको शारीरिक रुपलाई तन्दुरुस्त राख्न मद्धत गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता खेलकुदको आयोजना गर्न क्लबलाई आग्रह गरे । उनले भने, “खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका सहयोग गर्न तयार छ ।”

क्लबका अध्यक्ष राजु महर्जनले नेपालमा ब्याडमिन्टन खेलको विकासका लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताए।आजदेखि सुरु भएको प्रतियोगिता आगामी साउन २८ गतेसम्म चल्नेछ । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.