महेश्वर र ननिता सम्मानित

महेश्वर र ननिता सम्मानित




युवा तथा खेलकुद मन्त्रालयले एसियाली र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका पदक विजेता महेश्वर महर्जन र ननिता महर्जनलाई मंगलबार नगदसहित सम्मान गरेको छ।

महेश्वरले भुटानको थिम्पुमा गत सेप्टेम्बरमा भएको ५० औं एसियाली शारीरिक सुगठन तथा फिजिकस स्पोर्ट्स च्याम्पियनसिपको पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए। त्यस्तै ननिताले गत डिसेम्बरमा थाइल्यान्डको पटायामा भएको आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपअन्तर्गत महिला एथलेटिक फिजिकमा कांस्य जितेकी थिइन्।

युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले महेश्वरलाई १ लाख र ननितालाई ३५ हजार नगदसहित सम्मान पत्र प्रदान गरी सम्मान गरे।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.